भारतीय चर्चित शो ‘सारेगमपा’ मा नेपालका आयुषले दिए अर्को मन छुने प्रस्तुती, जर्ज र दर्शक भए भावुक (भिडियो)



१० चैत्र २०७५, काठमाडौँ

भारतीय चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा यतिबेला नेपालका २ बालकले धमाका मच्चाइरहेका छन् । सुरुवाती क्रमदेखि नै यी बालकको प्रस्तुतीको निकै प्रशंसा हुँदै आएको छ ।

आजभोली सामाजिक सञ्जालमा यी बालकको निकै तारिफ पनि हुन थालेको छ । त्यस्तै हिजो शनिबार प्रशारित एपिसोडमा नेपालका आयुष केसीले धमाका मच्चाएका छन् । हिजोको एपिसोडमा आयुषले जुरीसँग गीत गाएका थिए ।

उनले चलचित्र विर को सुरिली अखियो वाले बोलको गीत गाएका थिए । उनले यति धमाकेदार प्रस्तुती दिए कि जर्जहरु समेत चकित परेका थिए । यतिबेला उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्