एसईई परीक्षा दिन जादाँ करिश्मा मानन्धरको गाडी पंचर, परीक्षा सेन्टरमा करिश्मा पुग्दा बन्यो यस्तो माहोल (भिडियो)



१० चैत्र २०७५, काठमाडौँ

नायिका करिश्मा मानन्धरको आजबाट एसईई परीक्षा सुरु भएको छ । उनले पढाईको महत्व बुझेर आफ्नो उमेर ठूलै भएको भएपनि ३ बर्षअघि स्कुल जोइन गरेकी थिइन् । अहिले उनी कक्षा १० की छात्रा हुन् । आजबाट उनको एसईई परीक्षा सुरु भएको छ ।

करिश्माले आफ्नो परीक्षाको लागि निकै नै मेहेनत गरिरहेकी थिइन् । उनी परीक्षा सेन्टरमा पुग्दा त्यहाँको माहोल नै अर्कै भएको थियो । करिश्माले आफू बिहान हिड्ने बेलामा गाडीको टायर पन्चर भएर एकछिन ढिला भएको समेत बताइन् । उनी परीक्षा दिनको लागि निकै नै उत्साहित पनि थिइन् ।

प्रतिक्रिया दिनुहोस्