१० चैत्र २०७५, काठमाडौं
पाँचौं साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली सम्मानित हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टोलीलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
शनिबार विराटनगरमा बसेको एन्फाको १८ औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।
यस्तै विराटनगर महानगरपालिकाले पनि नेपाली टोलीका खेलाडी तथा अफिसियलहरुलाई जनही ५० हजार रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।
महानगरका मेयर भीम पराजुलीले खेलाडीहरुको स्तरोन्नतीका लागि पुरस्कृत गरिएको बताए ।
शुक्रबार सम्पन्न साफमा नेपाली टोली भारतसंग तीन एक गोल अन्तरले पराजित हुदै दोश्रो स्थानमा सिमीत बनेको थियो ।