जब आलियाले स्टेजबाट नै रणवीरलाई ‘आई लब यु’ भनिन्…



१० चैत्र २०७५, काठमाडौँ

यतिबेला बलिउडमा नायिका आलिया भट्ट र नायक रणवीर कपुरको प्रेमको निकै चर्चा चल्ने गरेको छ । हुन पनि आजभोली रणवीर र आलिया हरेक कार्यक्रममा एकसाथ पुगिरहेका हुन्छन् ।

हिजोमात्र भएको एक अवार्ड शो मा पनि रणवीर र आलिया एकसाथ पुगेका थिए । उक्त अवार्ड समारोहमा धेरै बलिउड कलाकारको उपस्थिति रहेको थियो । त्यस्तै अवार्ड समारोहमा नायिका आलिया भट्टले चलचित्र राजी बाट सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन् भने चलचित्र सञ्जु बाट रणवीर कपुरले सर्वोत्कृष्ट नायकको अवार्ड हात पारे ।

अवार्ड जितेपछि आलियाले सबैलाई सम्झिदैँ धन्यवाद दिइन् भने आजको रात प्रेमको नाम भन्दै नायक रणवीर कपुरलाई आई लब यु पनि भनिन् । त्यस्तै रणवीरले पनि अवार्ड लिन जाने बेलामा आलियालाई किस गरे भने आफ्नी पूर्वप्रेमिका दिपिका पादुकोणलाई अंगालो समेत हाल्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्