संसदको हिउँदे अधिवेशन आजबाट सकिँदै !



१० चैत्र २०७५, काठमाडौं

संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ ।

संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।

दुबै सदनको अधिवेशन आजै अन्त्य गर्ने तयारी भइरहेको संघीय संसद सचिवालयले जनाएको छ ।

११ पौषदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिभामा २३ वटा विधेयक उत्पत्ति भएका थिए । तीमध्ये १३ विधेयक पारित भई प्रमाणीकरण भइसकेका छन् ।

त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएका सात विधेयकमध्ये तीन वटा विधेयक प्रमाणीकरण समेत भइसकेको छ ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक र राष्ट्रिय सभामा दर्ता भएका ४ विधेयक पारित हुन बाँकी रहेका छन् ।

ती सबै विधेयक संसदको बजेट अधिवशेनका लागि सारिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्