हुँदैन श्रद्धाको नेपाली युवकसँग विवाह, श्रद्धाका बाबु शक्ति कपुरले दिए जवाफ



१० चैत्र २०७५, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा बलिउड नायिका श्रद्धा कपुर नेपालकी बुहारी बन्न लागेको कुरा निकै भाइरल भैरहेको छ । सबैतिर उनको नेपाली मूलका छोरा रोहन श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको र अब चाडैँ नै विवाह हुन लागेको कुराको चर्चा छ ।

यस विषयमा श्रद्धाका पिता बलिउडका चर्चित कलाकार शक्ति कपुरले मुख खोलेका छन् । उनले श्रद्धाको विवाह हुन लागेको खबर झुटो भएको बताएका छन् । उनले अझै ५ बर्ष श्रद्धाको विवाहको कुनै योजना नभएको बताए ।

शक्तिले आफू रोहनको बाबुसँग निकै नजिक भएको र एकअर्काबीच पारिवारिक सम्बन्ध पनि भएको तर विवाहबारे अहिले त्यस्तो केहीपनि सोच नबनाएको बताए । साथै शक्तिले गलत खबरको जानकारी नदिनको लागि पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्