पल शाहको १४ अञ्चलभरी ससुराल (भिडियो)



१० चैत्र २०७५, काठमाडौँ

अभिनेता पल शाह यतिबेला चलचित्र विर विक्रम २ मा व्यस्त छन् । उनी अहिलेका चर्चित अभिनेता र मोडल पनि हुन् । उनले आफ्नो फिल्मी करियरको सुरुवात नै मोडलिङबाट गरेका थिए । त्यसैले पललाई बेला बेला म्यूजिक भिडियोमा देख्न पाइन्छ ।

भर्खरै मात्र पनि पलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । माधव न्यौपानेको शब्द र संगीत रहेको १४ अञ्चल ससुराल बोलको गीतमा लोकगायक खुमन अधिकारीको आवाज रहेको छ । उक्त गीतमा नायक पल शाह र नायिका सारा सिर्पालीलाई फिचरिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्