सलमानले अभिषेक बच्चनकै अगाडी ऐश्वर्यालाई धम्की दिएका थिए



१० चैत्र २०७५, काठमाडौँ

कुनै समय बलिउड अभिनेता सलमान र अभिनेत्री ऐश्वर्या राय एकअर्काको प्रेममा थिए । यी दुई कलाकार चलचित्र हम दिल दे चुके सनम बाट नजिकिएका थिए । सलमान र ऐश्वर्या अहिले एकअर्काको मुख समेत हेर्न चाहदैँनन् तर उनीहरुको प्रेमको चर्चा भने सेलाएको छैन ।

त्यसैले पनि बेला बेलामा यी दुईका विगतका कुरा चर्चामा आइरहेको हुन्छ । अहिले पनि यी दुईको विगतको कुरा सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । सलमानले ऐश्वर्यासँग ब्रेकअप भएपछि ऐश्वर्याको सुटिङ सेटमा गएर अभिषेक बच्चनकै अगाडी धम्की दिएका थिए । त्यसबाहेक सलमानले ऐश्वर्यालाई अन्य समयमा पनि धम्काउने र कुटपिट गर्ने गरेको कुरा अहिले बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्