११ चैत २०७५, काठमाडौं
लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ ।
सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुँदै छ ।