११ चैत्र २०७५, काठमाडौं
नेपाल एएफसी यू–२३ च्याम्पियनसिपको छनौट अन्तर्गत समूह ‘ए’ को खेलमा कतारसँग ५–० ले पराजित भएको छ ।
हारसँगै नेपालको अन्तिम चरणमा छनौट हुने सम्भावना सकिएको छ ।
खेलको २४ औं मिनेटमा कतारले अग्रता लिएको थियो । हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए । पहिलो हाफमा कतारले १–० को अग्रता लिएको थियो ।
तर खेलको दोस्रो हाफ भने कतार आक्रामक भई लगातार ४ गोल थप्दै ५–०को नतिजा बाहिर्यायो ।
यस जितसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । नेपाल भने समूह चरणबाट बाहिरिएको छ ।
नेपालले अब अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ । खेल मंगलबार हुनेछ ।