आज ऋषिकी श्रीमती एलिजाको जन्मदिन, जन्मदिनमा एलिजालाई ऋषिले दिए १ करोड उपहार (भिडियो)



११ चैत्र २०७५, काठमाडौँ

ऋषि धमला नेपालका चर्चित पत्रकार हुन् । त्यस्तै पछिल्लो समयमा उनकी श्रीमती एलिजा गौतम पनि चर्चामा छिन् । उनले केहीसमय अघि अनुराग नामक चलचित्रमा काम समेत गरेकी थिइन् । आज उनै एलिजाको जन्मदिन रहेको छ ।

एलिजाले आफ्नो जन्मदिन सामान्य तरिकाले आफ्ना श्रीमान ऋषि धमला र आफ्नी छोरीसँग मनाउने भएकी छिन् । त्यस्तै उनले आफ्नो जन्मदिनको केक भने काटिसकेकी छिन् । आजबाट एलिजा २३ बर्षमा प्रवेश गरेकी छिन् ।

एलिजाले राति १२ बजे आफ्ना श्रीमान र छोरीसँग आफ्नो जन्मदिन मनाएकी छिन् । त्यस्तै आफ्नो जन्मदिनमा एलिजाले ऋषि र आफ्नो भेटघाट र प्रेमबारे पनि केही कुरा खोलिन् । उनले ऋषिले आफ्नो जन्मदिन कहिले पनि याद नगर्ने भन्दै गुनासो पनि पोखिन् । ऋषिसँग एलिजाले आफ्नो जन्मदिनको उपहार माग्दा ऋषिले करौँडको माया दिन्छु भन्दा एलिजा लजाएकी पनि थिइन् । एलिजालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्