‘को बन्छ करोडपति’ मा गएर ज्योतिष हरिहर अधिकारीले गरे राजेश हमालको बच्चाको भविष्यवाणी (भिडियो)



११ चैत्र २०७५, काठमाडौँ

हरिहर अधिकारी नेपालका चर्चित युुवा ज्योतिष हुन् । उनी ज्योतिष मात्र नभएर चलचित्रका नायक पनि बनिसकेका छन् । हरिहरले खेलेको पहिलोे चलचित्र शुभ लब यहि चैत्र १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

त्यस्तै हरिहर आफ्नो चलचित्रको प्रसार प्रचारका  लागि राजेश हमालको चर्चित शो को बन्छ करोडपति मा पुगेका थिए । हरिहरले को बन्छ करोडपति मा गएर गेम पनि खेले । उनले कति जिते भनेर हेर्नको लागि चाहिँ को बन्छ करोडपति को एपिसोड हेर्नैपर्छ । त्यस्तै को बन्छ करोडपति हेरेर बाहिर निस्केपछि हरिहरले राजेश हमालसँगका आफ्नो अनुभवहरु पनि सुनाए ।

उनले राजेश हमालले विवाह गर्न खोज्दा २–४ बर्ष पछि विवाह गर्नु भनेका रहेछन् । त्यस्तै राजेशले पनि हरिहरको कुरा मानेर पछि विवाह गरेका रहेछन् । त्यस्तै हरिहरलाई राजेश हमालको बच्चाको भविष्यवाणीको विषयमा  पनि प्रश्न गरिएको थियो । जहाँ हरिहरले राजेशको बच्चा २–४ बर्ष पछि हुने बताए । अब हरिहरको भविष्यवाणी कत्तिको पुरा हुने हो त्यो भने हेर्न बाकिँ नै छ ।

प्रतिक्रिया दिनुहोस्