एलिजाको जन्मदिनको अवसरमा धमला दम्पतीले क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तलीलाई गरे ३ लाख सहयोग (भिडियो)



१२ चैत्र २०७५, काठमाडौँ

चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले हिजोमात्र आफ्नो २३ औँ जन्मदिन मनाएकी छिन् । एलिजाले आफ्नो जन्मदिन निकै भव्यसँग मनाएकी छिन् । त्यस्तै आफ्नो जन्मदिनको अवसरमा एलिजाले निकै पूण्यको काम पनि गरेकी छिन् ।

यतिबेला धुर्मुस र सुन्तली गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउनको लागि व्यस्त छन् । त्यस्तै क्रिकेट रंगशालाको लागि धुर्मुुुस सुन्तली विभिन्न ठाउँबाट सहयोग पनि जुटाइरहेका छन् । त्यस्तै एलिजाले पनि आफ्नो जन्मदिनको अवसरमा धुर्मुस सुन्तलीलाई रंगशाला बनाउनको लागि १ लाख सहयोग गरेकी छिन् ।

एलिजाको जन्मदिनमा धुर्मुस सुन्तली पनि उपस्थित भएका थिए । एलिजाले धुर्मुुस सुन्तलीलाई सहयोग गरेपछि धमलाले पनि आफ्नो तर्फबाट २ लाख सहयोग गर्ने घोषणा गरे । धमला दम्पतीले क्रिकेट रंगशाला बनाउनको लागि आफ्नो तर्फबाट ३ लाख सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्