सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’



१३ चैत २०७५, काठमाडौं

बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्रबैंकलाई पठाएका छन् ।

राष्ट्रबैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा विष्णु बेल्वासेले लेखेका छन् ।

सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्