‘कार्टुन्ज क्रु’ को नयाँ भिडियो रिलिज (भिडियो)



१३ चैत्र २०७५, काठमाडौँ

प्रताप दास पछिल्लो समयका सर्वाधिक व्यस्त र चर्चित गायक हुन् । नेपाल आइडल बाट उनले पनि नसोचेको सफलता हात पारे । अहिले जताततै उनको डिमाण्ड छ । त्यस्तै प्रतापले गाएका धेरै गीतहरुले बजारमा सर्वाधिक चर्चा पाइरहेका हुन्छन् । भर्खरै मात्र पनि प्रतापको नयाँ गीत रिलिज भएको छ ।

डिपी खनालको शब्द र भिम विसीको संगीत रहेको बस बस रे बोलको गीतमा प्रताप दास र एन्जिला रेग्मीको आवाज रहेको छ । निकै नै रमाइलो शैलीको गीतमा नेपालको निकै चर्चित डान्स क्रु कार्टुन्ज क्रु लाई फिचरिङ गराइएको छ । अहिले उक्त गीतले बजारमा सर्वाधिक चर्चा पाई युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्