भिमफेदी गाईज र अलिशा राईको नयाँ गीत रिलिज (भिडियो)



१३ चैत्र २०७५, काठमाडौँ

भिमफेदी गाइज नेपालको निकै चर्चित डान्स ग्रुप हो । भिमफेदी गाइजले आफ्नो डान्सको कारण निकै फ्यान कमाइसकेको छ । त्यस्तै भर्खरै मात्र भिमफेदी गाइजको नयाँ भिडियो सार्वजनिक भएको छ ।

नविन प्रभातको शब्द र आर.के खत्रीको संगीत रहेको सिंगल छु बोलको गीतमा आर.के खत्रीकै आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा भिमफेदी गाईज र नेपालकी चर्चित नायिका तथा मोडल अलिशा राईलाई फिचरिङ गराइएको छ । अहिले उक्त गीतले युट्युबमा सर्वाधिक भ्यूज पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्