सरकारलाई चेतावनी दिदैँ ‘काम गर्न नसके धुर्मुस सुन्तली र रवि लामिछानेलाई देश बनाउन देउ’ भन्दै आयो नयाँ गीत (भिडियो)



१३ चैत्र २०७५, काठमाडौँ

केही सयम अघि लोक गायक पशुपति शर्माले लुट सके लुट कान्छा बोलको गीत निकालेका थिए । जनताले मन पराएको भएपनि उनको गीतमा विवाद आएको थियो । विवाद आएपछि पशुपतिले उक्त गीत युट्युबबाट हटाएका पनि थिए ।

अहिले फेरि सरकारलाई देश विकास गर्न चेतावनी दिदैँ एक राष्ट्रभाव बोकेको गीत सार्वजनिक भएको छ । शिव अखेलीको शब्द र खेम सेन्चुरीको संगीत रहेको लागी हाल छेउ सरकार बोलको गीतमा सूर्य खड्का र सीता श्रेष्ठको आवाज रहेको छ ।

उक्त गीतले देशको जल्दोबल्दो अवस्थालाई उतारेको छ । रवि लामिछाने र धुर्मुुस सुन्तली जस्ता देशभक्तलाई पनि गीतमा वर्णन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्