अमेरिकामा श्रीमान निकसँग हट प्रियंका (फोटो सहित)



१३ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा विवाहपछि अहिले आफ्ना पति निकसँग अमेरिकामा बस्दै आएकी छिन् । उनी बेला बेलामा भने भारत आउने गर्छिन् । केहीदिन अघि पनि एक चलचित्रको छायांकनका लागि भारत आएकी प्रियंका पुनः आफ्नो घर अमेरिका फर्किसकेकी छिन् ।

यतिबेला अमेरिकामा प्रियंका आफ्ना पति निकसँग निकै रमाइलोसँग होलिडे बनाइरहेकी छिन् । प्रियंकाले होलिडेको क्रममा खिचाएको आफ्नो विकिनी तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसले अहिले निकै चर्चा पाइरहेको छ । प्रियंका विकिनीमा निकै नै हट देखिएकी छिन् । उनीसँगै निकले पनि केही तस्बिर खिचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्