१३ चैत्र २०७५, काठमाडौं
आईपिएलको साविक विजेता चेन्नई सुपर किङ्सले लगातार दोस्रो जित निकालेको छ ।
गएराती भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।
दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईका लागि शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए ।
दिल्लीका अमित मिश्राले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।
उसका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। जितसंगै चेन्नई २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
पराजित टोली दिल्लीको भने २ अंक मात्रै छ । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र किङ्स ११ पञ्जावबीच खेल हुने छ ।