आफ्नो नातिसँगै एसईई परीक्षा दिइरहेकी छिन् ६९ बर्षकी बुढी आमा, रविले कलेज पढाउने (भिडियो)



१३ चैत्र २०७५, काठमाडौँ

यतिबेला देशभर एसईई परीक्षा चलिरहेको छ । साना देखि वृद्धसम्मका धेरै विद्यार्थीले निकै राम्रोसँग एसईई परीक्षा दिइरहेका छन् । आजको युगमा पढाईको ज्यादै महत्व रहेको छ । यही महत्वलाई बुझेर पहिले पढ्न नपाएका आमाबुबाहरुले पनि अहिले पढिरहेका छन् ।

यस बर्षको एसईईमा त्यस्ता थुप्रै उदाहरणहरु देख्न सकिन्छ । त्यस्तै यसबर्षको एसईई परीक्षामा नेपालकी चर्चित नायिका करिश्मा मानन्धर देखि ६९ बर्षकी आमासम्म सामेल हुनुभएको छ ।

६९ बर्षकी आमाले एसईई परीक्षा दिदैँ गरेको कुरा सुन्दा पक्कै पनि अचम्म लाग्न सक्छ । तर ती बुढी आमाले आफूले पढाईको महत्व बुझेर पढ्न सुरु गरेको बताइन् । अझ अचम्मको कुरा त के छ भने उनी अहिले आफ्नो सानो नातिसँग एसईई दिइरहेकी छिन् । ती आमाले आफूलाई ज्यादै नबुझ्ने भएको महशुस भएको कारण पढ्न सुरु गरेको बताइन् ।

उनका धेरै छोराछोेरी र नातिनातीना समेत रहेका छन् । उनलाई उनको परिवारले पनि पढाईमा सहयोग गर्ने गरेको छ । उनी आफूलाई नआउने कुरा आफ्ना छोराछोरी बाट सिक्ने गरेको पनि बताइन् । उनले एसईई परीक्षाको पहिलो दिन निकै डर लागेको तर आफूले सबै प्रश्न गरेर आएको बताइन् । उनले पढ्न अत्यावश्यक रहेकाले अरुलाई पनि पढ्न सल्लाह दिइन् ।

आफ्नो परीक्षाको लागि निकै मेहेनत गरिरहेकी आमाले आफ्नो इच्छा पनि पुरा गर्नको लागि पढेको बताइन् । उनले आफू विद्यालयमा पनि अनुशासित छात्रा भएको बताइन् । अब कलेज पढ्ने पनि उनको सोच रहेको छ । उनले पढेर आफूले धेरै कुरा जानेको र अरुलाई पनि सिकाउने गरेको बताइन् । उनलाई पत्रकार रवि लामिछानेले कलेज पढाइदिने भनेको कुरा पनि सुन्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्