प्रधानमन्त्रीको जिल्लामा बढि बजेट छुटिएको भन्दै सत्तारुढ संसदकै आपत्ति !



१३ चैत्र २०७५, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्रीको जिल्लामा बढी बजेट छुट्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै रायमाझीले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी झापा, त्यसपछि रुपन्देही, चितवन र दाङ जिल्लामा बढी बजेट छुट्याउने तयारी भएको आरोप लगाएका छन् ।

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको तथा चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला हो ।

“पहुँचवालाले बजेटमा हालिमुहाली गर्न खोजिरहेका छन्, ।”  उनले भने।

रायमाझीले केन्द्रीय नेताहरुले पहुँचको आधारमा आगामी आव‍को बजेट सिलिङ गर्दा आफ्नै जिल्लामा मात्र धेरै बजेट पार्न खोजेको दाबीदावीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्