१३ चैत्र २०७५, काठमाडौं
स्पेनिस बार्सिलोनाका कप्तान तथा फरवार्ड लिओनल मेस्सी नियमित प्रशिक्षणमा फर्किएका छन् ।
क्लब बार्सिलोनाले आफ्नो अफिसियल ट्वीटरबाट मेस्सीले अन्य सहकर्मीसँगै प्रशिक्षण गर्दै गरेका तस्वीर पोस्ट गर्दै यसको पुष्टि गरेको छ ।
मेस्सी गत शनिबार स्पेनमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत भेनेजुएलाविरुद्धको खेल दौरान घाइते भएका थिए ।
सो खेलमा उनी ९० मिनेट नै सहभागी भए पनि चेकजाँचपछि उनी चोटग्रस्त भएको क्लब बार्सिलोनाले जनाएको थियो ।
सो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३–१ ले पराजित भएको थियो ।
सो खेलमा घाइते भएपछि मेस्सीले मोरक्कोविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेल गुमाएका थिए ।
स्पेनको मड्रिडमा भएको सो खेलपछि मेस्सी सोझै बार्सिलोना फर्किएका थिए ।
सो खेलका लागि मेस्सी ९ महिनापछि अर्जेन्टिनी टोलीमा फर्किएका थिए ।
चोटग्रस्त भएको ४ दिनपछि मेस्सी अन्य सहकर्मीसँगै प्रशिक्षणमा फर्किएका हुन् ।
बार्सिालेनाले यही शनिबार ला लिगामा आफ्नो घरमा इस्पान्योलसँग खेल्दैछ ।