आशिरमान र स्वस्तिमाको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो)



१४ चैत्र २०७५, काठमाडौँ

स्वस्तिमा खड्का नेपालकी निकै चर्चित र व्यस्त नायिका हुन् । पछिल्लो समयमा नेपाली चलचित्रमा उनको डिमाण्ड बढ्दो छ । उनी सफल अभिनेत्री मात्र नभएर सफल मोडल पनि हुन् । भर्खरै मात्र पनि उनको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रदिप चापागाईको शब्द र कल्याण सिंहको संगीत रहेको गल्ती बोलको गीतमा नेपाल आइडल सिजन २ का फस्ट रनरअप विक्रम बरालको आवाज रहेको छ । गीतमा चर्चित नायिका स्वस्तिमा खड्काको साथ चर्चित नायक आशिरमान देशराज जोशीलाई फिचरिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्