अनमोलको हात समाउँदै पहिलो पटक मिडियामा आईन् झरनाकी छोरी सुहाना (भिडियो)



१४ चैत्र २०७५, काठमाडौँ

चलचित्र ‘ए मेरो हजुर ३’ यो बर्षको प्रतिक्षित चलचित्रमध्येको एक हो । चलचित्र ‘ए मेरो हजुर ३’ लाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल केसीका साथ झरनाकी छोरी सुहानाको मुख्य भूमिका रहेको छ । यो सुहानाकोे डेब्यु चलचित्र हो ।

हिजो नायिका झरना थापाको जन्मदिनमा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर रिलिज गरिएको थियो । केही प्राविधिक कारणबस ट्रेलर भने आज दिउँसो मात्र युट्युबमा सार्वजनिक हुने भएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका अधिकांश कलाकार उपस्थित भएका थिए । त्यस्तै नायिका सुहाना थापा निकै राम्री भएर ट्रेलर रिलिज कार्यक्रममा आएकी थिइन् । उनी पहिलो पटक नायक अनमोल केसीको हात समाउँदै मिडियामा आएकी थिइन् । एकसाथ अनमोल र सुहानाको जोडी निकै सुहाएको थियो ।

प्रतिक्रिया दिनुहोस्