१४ चैत्र २०७५, काठमाडौं
भू–गर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि बिहीबार थ्रीस्टार क्लब र दाफिन्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
मोफसलमा जारी चार वटा प्रतियोगिता जितेर उच्च फर्ममा देखिएको क्यामरुनी क्लब दाफिन्स र नेपालका स्टार खेलाडीले भरिएको थ्रीस्टार क्लब उच्च मनोबलका साथ मैदान उत्रिन लागेको छ ।
दुई टिमको विजेताले आयोजक मकवानपुर–११ सँग फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मकवानपुर–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शनिबार हुने फाइनलमा यसअघि नै स्थान सुरक्षित गरिसकेको छ ।