अनमोलसँग तुलना गर्दै नराम्रो कमेन्ट आउँदा दुखी भए सलिनमान



१४ चैत्र २०७५, काठमाडौँ

चैत्र २९ लाई यो बर्षको सबैभन्दा ठूलो भिडन्तको रुपमा हेरिएको छ । चैत्र २९ बाट यो बर्षको सबैभन्दा प्रतिक्षित २ चलचित्र रिलिज हुदैँछन् । नायक अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ए मेरो हजुर ३ र सलिनमान बनियाँ स्टारर चलचित्र यात्रा एकसाथ प्रदर्शनमा आउँदैछन् ।

सलिनमान बनियाँ उनी चलचित्र क्षेत्रमा आएको समयदेखि नै अनमोलको प्रतिस्पर्र्धीको रुपमा हेरिएको छ । सलिनले सधैँभरि आफू अनमोलको प्रतिस्पर्धी नभएर जुनियर भएको बताउँदै आएका छन् । अब चैत्र २९ मा दुवैको चलचित्र प्रदर्शनमा आउने भएका कारण पनि सबैले सलिनलाई अनमोलको प्रतिस्पर्धीको ट्याग दिइरहेका छन् ।

केहीदिन अघि उनले आफू अनमोलसँग हार्न तयार भएको तर भाग्न तयार नभएको बताएका थिए । जसका कारण उनी निकै आलोचित समेत बन्न पुगे । सलिनमानको कुरालाई धेरैले उनको घमण्ड समेत भने । सलिनले आफूलाई अनमोलसँग तुलना गरेर नकरात्मक कमेन्ट गरेकोमा निकै दुख लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्