१४ चैत २०७५, काठमाडौं
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले राष्ट्रिय खेल भलिबल छुट भएकाले समाबेश गर्न पहल गर्ने र खेलकुद ऐन संशोधनको विषयमा छलफल गरेका छन् ।
एक कार्यक्रमका विच नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा र महासचिव जितेन्द्र चन्दले अध्यक्ष श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
ध्यानकर्षण पत्रमा राष्ट्रिय खेल भलिबललाई राष्ट्रिय खेलमा नै समाबेश गरिरहन नेपाल भलिबल संघले ध्यानाकर्षण गराएको थियो ।