पद्मकन्या कलेजमा यस्तो देखियो प्रदिपको क्रेज, स्टेजमै प्रदिपले भद्रगोलका पाँडेलाई किस गर्दा यस्तो बन्यो माहोल (भिडियो)



१४ चैत्र २०७५, काठमाडौँ

नायक प्रदिप खड्का अहिलेका निकै चर्चित अभिनेता हुन् । त्यतिमात्र नभएर युवापुस्तामा उनको क्रेज निकै लोभलाग्दो रहेको छ । विशेषगरी युवतीहरु उनलाई देखेपछि हुरुक्कै हुने गर्छन् । त्यस्तै यतिबेला नायक प्रदिप खड्का चलचित्र लब स्टेशन को प्रमोशनमा व्यस्त छन् । जसका लागि उनी विभिन्न कार्यक्रममा समेत सामेल भैरहेका छन् ।

हालैमात्र प्रदिप चलचित्रको प्रमोशनको लागि बागबजार स्थित पद्मकन्या कलेज पुगेका थिए । त्यहाँ उनको क्रेज निकै देखिएको थियो । प्रदिपलाई हेर्न युवतीको थामीनसक्नु भिड रहेको छ । कति युवती प्रदिपलाई देखेर खुसीले अगांलो हालिरहेका थिए भने कति रोएका पनि थिए ।

त्यस्तै प्रदिपसँग चर्चित हाँस्य टेलि श्रृखंला भद्रगोलका जिग्री र पाँडे पनि उक्त कार्यक्रममा समावेश थिए । पाँडेले दर्शकले निकै मनोरञ्जन पनि दिए । साथै प्रदिपले पाँडेको गालामा किस गर्दा त्यहाँको माहोल नै अर्कै बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्