‘मलाई दर्शकले दुम्सी भन्दा कत्तिपनि दुख लाग्दैन, बरु खुसी लाग्छ’ : सलिनमान



१४ चैत्र २०७५, काठमाडौँ

सलिनमान बनियाँ अहिलेका परिचित नायक हुन् । नेपाली चलचित्र बजारमा उनको लुक्स  र हेयर स्टाइलको निकै तारिफ हुने गर्छ । हुन पनि उनको लुक्स र हेयर स्टाइल नेपाली चलचित्र क्षेत्रमा अन्य अभिनेताको दाजोँमा निकै फरक छ । उनको लुक्स र हेयर स्टाइलको जति फ्यान छन् त्यति नै मन नपराउने व्यक्ति पनि छन् ।

अझ धेरैले त उनलाई दुम्सी भन्ने गरेका छन् । यो कुराको बारेमा सलिन पनि जानकार छन् । तर उनी आफूलाई दर्शकले दुम्सी भन्दा कत्तिपनि दुख नलाग्ने बताउँछन् । उनी आफूलाई मन पर्ने जनावरमध्ये एक दुम्सी पनि भएकाले दर्शकले दुम्सीको ट्याग दिदाँ उनी खुसी नै छन् ।

यतिबेला सलिन उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र यात्रा को प्रमोशनमा व्यस्त छन् । चलचित्र यात्रा यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । त्यस्तै उनले उनको पहिलो चलचित्रबाट अभिनयबाट भन्दापनि आफ्नो लुक्सका कारण धेरै चर्चा पाएका थिए । तर उनले यात्रा मा आफूले अभिनय निकै सुधारेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्