यसरी प्रियंकालाई आफ्नी बेहुली बनाए आयुष्मानले (भिडियो)



१४ चैत्र २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी अहिलेको निकै चर्चित जोडी हो । यी दुईले अहिले आफ्नो प्रेम खुलेर देखाउन थालेका छन् । अहिले आयुष्मान र प्रियंका चलचित्र र म्यूजिक भिडियो मात्र नभएर सामाजिक कार्यमा पनि सक्रिय हुँदै गएका छन् । भर्खरै मात्र यो जोडीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिनेश थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको अर्को जुनी बोलको गीतमा मेलिना राई र सरोज वलीको आवाज रहेको छ । उक्त गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई फिचरिङ गराइएको छ । उक्त गीतमा प्रियंका र आयुष्मानको विवाह भएको देख्न सकिन्छ । निकै राम्रो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्