दयाहाङ राईको लोभलाग्दो परिवार, श्रीमती र छोरासहित आए मिडियामा (भिडियो)



१४ चैत्र २०७५, काठमाडौँ

दयाहाङ राई नेपालका निकै चर्चित अभिनेता हुन् । अझ उनको अभिनयको त कुरै छोडौँ । उनलाई नेपाली चलचित्र क्षेत्रमा निकै अव्वल अभिनेता भनिन्छ । उनको अभिनयको समिक्षकले मात्र नभएर दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

उनले नेपाली चलचित्र क्षेत्रमा धेरै सफल चलचित्र दिइसकेका छन् । दयाहाङ राई यतिबेला उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र साईली को प्रचारप्रसारमा व्यस्त छन् । यसैक्रममा उनी पहिलो पटक आफ्नोे परिवारको साथ मिडियामा आएका छन् ।

दयाहाङका एक छोरा पनि छन् । उनकी श्रीमती गायिका हुन् । एकसाथ मिडियामा आउँदा दया र उनकी श्रीमतीले निकै रमाइलो कुराकानी गरे । यसैबीचमा दया र उनकी श्रीमतीले आफ्नो प्रेमबारे पनि बताए । उनीहरुले एकअर्काबीच निकै माया रहेको बताए । हरेक परिस्थितिमा सधैँ एकअर्काको साथ रहँदै आएको पनि उनीहरुले बताए । उनीहरुसँग भएको रमाइलो कुराकानी तल भिडियोमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्