सडक बढार्ने ज्यालादारीको नाममा घोटाला



१५ चैत २०७५, जनकपुरधाम

उपमहानगरपालिकामा कुचिकारको तवब वितरणमा घोटाला भएको छ । उपमहानगरपालिकाको सफाइ शाखामा दैनिक ज्यादादारीमा ३५ कुचिकार नियुक्त भएका थिए । सफाइ शाखाबाट ६५ जनाको नाममा रकम निकासा हुँदै आएको खुलासा भएको छ ।

मासिक डोर र ज्यालादारीमा खटाइएका कुचिकारलाई संघीय सरकारका परिपत्रअनुसार उपमहानगरपालिकाले दुई महिनादेखि रकम निकासा बन्द गरेपछि तिनै कुचिकारबाट घोटालाको खुलासा भएको छ ।

माघ ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले उममहानगरपालिकालाई मासिक डोर र ज्यालादारीका कर्मचारीका सम्बन्धमा पत्र पठाएको थियो । पत्रमा स्थानीय तहको सेवा सञ्चालनका लागि अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने उल्लेख छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्