चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल दोहोरो भूमिकामा ! सुहानाको काम उत्कृष्ट (भिडियो)



१५ चैत्र २०७५, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । चलचित्र ए मेरो हजुर ३ छायांकनमा जानु अगावै निकै चर्चा रहँदै आएको चलचित्र हो । चलचित्रमा मेघास्टार अनमोल केसीको साथमा झरनाकी छोरी नवनायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ । यो सुहानाको डेब्यु चलचित्र हो ।

चलचित्र ए मेरो हजुर ३ को टिजर र २ वटा गीत सार्वजनिक भैसकेका छन् । गीत र टिजरबाट दर्शकको निकै राम्रो प्रतिक्रिया पाइरहँदा चलचित्र निर्माण टिमले चलचत्रिको अफिसियल ट्रेलर पनि सार्वजनिक गरेको छ ।

चलचित्र ए मेरो हजुर ३ को ट्रेलर हेर्दा नायक अनमोल केसी दोहोरी भूमिकामा रहेको देख्न सकिन्छ । म्यूजिकल लबस्टोरीमा आधारित चलचित्रमा नायक अनमोल केसीले एकातिर सुपरस्टार सिंगरको भूमिका निर्वाह गरेका छन् भने अर्कोतिर गाउँको चुलबुले केटाको भूमिका निर्वाह गरेको देख्न सकिन्छ । ट्रेलरमा सुहानाको काम पनि उत्कृष्ट भएको देख्न सकिन्छ ।

चलचित्र ए मेरो हजुर ३ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल र सुहानाका साथ सलोन बस्नेत, रबिन्द्र झा, रेअर राई, अर्पण थापा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल, विशाल पहाडी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ए मेरो हजुर ३ यही चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्