पिता बन्दै विश्व चर्चित गायक जस्टिन बिबर !



१५ चैत्र २०७५, काठमाडौँ

जस्टिज बिबर हलिउडका निकै चर्चित गायक हुन् । उनी सानो उमेरदेखि नै यो क्षेत्रमा आएका हुन् । जस्टिन हलिउडमा मात्र विश्वभर नै चर्चित छन् । उनका अधिकांश गीतहरु सुपरहिट छन् ।

उनै जस्टिज आजभोली मिडियामा आफ्नो गीत र कामका कारणले भन्दापनि आफ्नो निजी जिवनको कारण चर्चा आउने गर्छन् । कहिले श्रीमतीसँगको रोमान्स त कहिले श्रीमतीसँगको झगडाका कारण उनी चर्चामा आइरहेका हुन्छन् । तर यसपटक भने उनी बाबु बन्न लागेको कुराले चर्चामा आएका छन् ।

उनले सामाजिक सञ्जालमा केही स्टाटस लेखेका थिए । जहाँ उनले आफू आफ्नो विवाह सम्हाल्न र पिता बन्न पनि योग्य भएको बताएका थिए । उनले आफू पिता बन्न चाहेको पनि बताएका थिए । त्यसैले उनकी श्रीमती गर्भवती भएको अनुमान लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्