चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर भनेको समयमा रिलिज नभएपछि अनमोलले दर्शकसँग मागे माफी



१५ चैत्र २०७५, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ को ट्रेलर बुधबार साँझ युट्युबमा सार्वजनिक गर्ने भनिएको थियो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार र केही कलाकारको सामू ट्रेलर सार्वजनिक पनि गरियो । तर ट्रेलर युट्युबमा सार्वजनिक हुन सकेन ।

युट्युबमा ट्रेलर केही प्राविधिक कमजोरीका कारण सार्वजनिक हुन नसकेपछि चलचित्रका नायक अनमोल केसी दर्शकसँग माफी माग्दै फेसबकुमा स्टाटस लेखेका छन् । अनमोलले स्टाटसमा आफूसहित ए मेरो हजुर ३ को तर्फबाट दर्शकसँग माफी मागेका छन् । अहिले भने चलचित्र ए मेरो हजुर ३ को ट्रेलर युट्युबमा सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्