‘सुहानाको कामले दर्शक निराश बन्नुपर्ने छैन’ : झरना थापा



१५ चैत्र २०७५, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ को अफिसियल ट्रेलर युट्युबमा सार्वजनिक भैसकेको छ । बुधबार रिलिज गरिने भनिएको ट्रेलर केही प्राविधिक कारणले गर्दा विहिबार साँझ मात्र युट्युबमा सार्वजनिक भएको छ । त्यस्तै चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा नायिका झरना थापाले पहिलो चलचित्र भएपनि चलचित्रमा सुहानाको काम उत्कृष्ट भएको बताएकी थिइन् ।

झरनाले सुहानाको यो डेब्यु चलचित्र भएको भएतापनि आफूले धेरै कुरा सिकाएर सुहानालाई ल्याएकाले उनले दर्शकलाई निराश नबनाउने कुरामा आफू ढुक्क रहेको बताएकी थिइन् । झरना केही भावुक पनि भएकी थिइन् । उनले आफू हिडेको बाटोमा अब छोरीलाई पनि ल्याएको बताइन् । साथै उनले आफ्नी छोरीलाई अब दर्शकको हातमा जिम्मा लगाएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्