विवादपछि चर्चित पत्रकार शिशिर भण्डारीले काडमाडौँ छोडे ! यस्तो छ कारण (भिडियो)



१५ चैत्र २०७५, काठमाडौँ

शिशिर भण्डारी नेपालका निकै चर्चित पत्रकार हुन् । उनी पत्रकार मात्र नभएर सफल कलाकार पनि हुन् । शिशिरले सहायक अभिनेताको भूमिकामा थुप्रै चलचित्रमा काम गरिसकेका छन् । उनै शिशिर लामो समयदेखि सामाजिक काममा पनि सक्रिय छन् ।

धेरै गरिब दुखीको सहयोग गरिसकेका शिशिर राम्रो काम गर्दा गर्दै पनि कहिलेकाहिँ विवादमा आउने गर्छन् । उनले राम्रो काम गरेको भएपनि स्वार्थको लागि गरेको भनेर केही दर्शकले भनेपछि शिशिरले आफू दुखी भएको समेत बताएका थिए । तर उनलाई माया र साथ दिने दर्शक पनि धेरै भएकाले उनले सामाजिक काम गर्न भने छोडेका छैनन् ।

फेरि एकपटक ८० बर्षीया वृद्धको सहयोग गर्नको लागि शिशिर आफ्ना केही साथीसँग हिजो पोखरा गएका छन् । ८० बर्षको हुँदा पनि पोखरामा बस्दै आएका वृद्ध बुबा आफ्नो जीविका पार्जनको लागि तुईन तानेर बस्ने गर्नुभएको छ । जीवन विताउन कष्टकर भएपछि शिशिर उहाँलाई केही आर्थिक सहयोग गर्नका लागि पोखरा गएका हुन् ।

शिशिरले यो भन्दा अघिल्लो पटक पोखरा जादाँ पनि एक अपाङ्ग व्यक्तिलाई सहयोग गरेर आएका थिए । शिशिरले आफूले मात्र नभएर सबैले ती वृद्ध बुबालाई सहयोग गर्नको लागि पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्