विदेशी लगानीकर्तालाई ढुक्कसँग नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान !



१५ चैत्र २०७५, काठमाडौं

अर्थमन्त्री डा‍‌‍. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

राजधानीमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री खतिवडाले नेपालेको कर प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजाने र कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको भन्दै लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै उनले सरकार द्रूत आर्थिक विकासको लक्षयसहित अघि बढ्न चाहेको बताए ।

शुक्रबार सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनमा सहभागी हुन ४० बढी देशका ६०० भन्दा बढी विदेशी लगानीकर्ता आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्