हामी निकट छौँ तर प्रेममा छैनौँ : प्रदिप र जसिता



१५ चैत्र २०७५, काठमाडौँ

प्रदिप खड्का र जसिता गुरुङलाई नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएको जोडी मानिन्छ । हुन पनि चलचित्र लिलिबिली बाट जोडिएको यो जोडीले दर्शकबाट अपार माया र साथ पाउँदै आएको छ । पहिलो चलचित्रलाई दर्शकले रुचाएपछि यो जोडीले फेरि दोस्रो पटक पनि सहकार्य गरेको चलचित्र लब स्टेशन यहि चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

यस्तै आजभोली नेपाली चलचित्र बजारमा प्रदिप र जसिता रियल लाइफमा पनि प्रेममा भएको हल्ला चल्ने गरेको छ । प्रदिप र जसिताले सधैँभरि आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको तर अफेयर नभएको बताउँदै आएका छन् । तरपनि यी दुईको नाम जोडिन भने छोडेको छैन ।

त्यतिमात्र नभएर जसिताको हरेक कुरामा पहिलो हक प्रदिपकै हुने समेत बताइन्छ । जसिताले यो कुरामा गुनासो पोखेकी छिन् । उनले आफूले गर्ने नयाँ काममा प्रदिपको सल्लाह पक्कै पनि लिने गरेको तर अन्तिम निर्णय सधैँ आफ्नै हुने पनि बताइन् । प्रदिप र जसिताले एकअर्काको धेरै नजिक भएपनि रिलेसनसिपमा  भने कहिले पनि नबस्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्