‘अग्लो, कृष्णभक्त र भेजिटेरियन केटा मनपर्छ’ : सुहाना थापा



१५ चैत्र २०७५, काठमाडौँ

यतिबेला नायिका सुहाना थापाको जताततै चर्चा भैरहेको छ । सुहाना थापा नायिका झरना थापाकी छोरी हुन् । सुहानाको डेब्यु चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

चलचित्रको प्रदर्शनको मिति नजिकिएकाले पनि सुहानाको चर्चा भैरहेको छ । त्यस्तै एक अन्तवार्तामा सुहानाले आफ्ना केही रोजाईबारे बताएकी छिन् । उनले आफू साधारण र लजालु केटी भएको बताइन् । सुहानाले आफूलाई कुर्ता सुरुवाल सबैभन्दा मन पर्ने बताइन् ।

त्यस्तै सुहानाले आफूलाई अग्लो, कृष्णभक्त र भेजिटेरियन केटा एकदमै मनपर्ने बताइन् । सुहानाले अनमोलको तारिफ गर्न पनि भ्याइन् । उनले अनमोल निकै सहयोगी र मेहेनत गर्ने कलाकार भएको बताइन् । नेपाली चलचित्र क्षेत्रमा उनलाई प्रदिप खड्का र आशिरमान देशराज जोशी मनपर्ने कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस्