आँचल र सुनिलको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)



१५ चैत्र २०७५, काठमाडौँ

आँचल शर्मा नेपालकी चर्चित नायिका र मोडल पनि हुन् । उनले थुप्रै चलचित्र र म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । त्यस्तै सुनिल क्षेत्री नेपालका निकै व्यस्त र चर्चित डान्स कोरियोग्राफर हुन् । आँचल र सुनिलले एकसाथ केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् । भर्खरै मात्र यी दुईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कृष्ण कुमार राईको शब्द र संगीत रहेको नम्बरी चप्पल बोलको गीतमा रमेश कुमार श्रेष्ठको आवाज रहेको छ । उक्त गीतमा सुनिल र आँचललाई फिचरिङ गराइएको छ । निकै डान्सिङ शैलीको गीतलाई निश्चल केसीले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्