१५ चैत्र २०७५, काठमाडौं
दोस्रो संस्करणको भू–गर्भ सिमेन्ट स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधीका लागि क्यामरुनी क्लब दाफिन्स र आयोजकको मकवानपुर–११ बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।
फाइनलअघि दुवै टोलीले उपाधीमा आ–आफ्नो दावी गरेका छन् । फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधी जित्नेमा आफूहरू ढुक्क रहेको प्रतिक्रिया दिएका हुन् ।
प्रतियोगिताको उपाधी जित्ने टोलीले नगद आठ लाख रुपैयाँ र उपविजेताले नगद चार लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा करिब ११ वर्षपछि आयोजित प्रतियोगिताको उपाधी कस्ले जित्छ भन्ने जिज्ञास मेटाउनका लागि रेफ्रिको अन्तिम सिटी कुर्नुको विकल्प छैन ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधी थ्रीस्टार क्लबले जितेको थियो ।
प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।