एसईईको प्रश्नपत्र बाहिरियो भन्ने समाचार गलत : अघिल्लो वर्षको प्रश्न पत्र हालेर प्रतिष्ठित पत्रिकाले नै झुटा समाचार छाप्यो



१५ चैत्र २०७५, काठमाण्डौ

राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टले अनलाईन संस्करणमा बदनाम बन्दै एसईई : शनिबार हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र पनि बाहिरियो ! भन्ने शीर्षकमा समाचार प्रकाशन गर्दै अघिल्लो वर्षको एसईई परिक्षामा सोधेको प्रश्नलाई समावेश गरेको छ।

सोहि प्रकृतिको समाचार परिवर्तन खबरले समेत ५ घण्टा अगाडि विश्वस्त श्रोतबाट प्रश्न पत्र बाहिरिएको भन्दै प्राप्त गरेको थियो तर मिति र वर्ष नदेखिएको कारण हामीले प्रकाशन गरेनौँ।

लगातार जस्तै अन्नपूर्ण पोष्टले एसईई परीक्षालाई केन्द्रीत गरी विसंगति उजागर गर्न खोजे जस्तो देखिने गरी  लगातार समाचार प्रकाशन गरिरहेको छ। तर आजको समाचार हेर्दा अघिल्ला समाचारहरुमा समेत शंका गर्ने ठाउँ देखिन्छ। राष्ट्रको शिक्षा जस्तो संवेदनशील विषय जहाँ विधालय उमेरका हजारौ बालबालिकाको भविष्य जोडिएको छ, त्यस्तो गम्भिर विषयवस्तुलाई समेत वेवास्ता गर्दै प्रकाशित समाचार प्रति सरोकारवालाको ध्यान जानु जरुरी देखिन्छ। शान्ति, शुसासन, स्थिरता र विकासको गतिमा अघि बढेको सरकारलाई बदनाम गराउन भई रहेका प्रयासमा  संचार माध्यामले जस्तो जिम्मेवार संस्थाले सत्य तथ्य बुझ्ने प्रयास नगरेको आशंका गर्ने ठाउँ देखिएको छ। अन्नपूर्ण पोष्ट जस्तो जिम्मेवार पत्रिकाले समयमा ध्यान दिएन भने अन्य साभार गर्ने पत्रिकाको अवस्था अझ दयनीय हुनसक्छ। सरोकारवालाको ध्यान समयमा नै पुगोस् ! सचेतताको शुभकामना !

हेर्नुहोस् हामीलाई प्राप्त बाहिरियो भनिएको प्रश्नपत्र र अघिल्लो वर्षको प्रश्नपत्र :

 

 

प्रतिक्रिया दिनुहोस्