‘क्याप्टेन’ को रेकर्ड तोड्दै अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ को ट्रेलरले युट्युबमा बनायो नयाँ रेकर्ड



१६ चैत्र २०७५, काठमाडौँ

यतिबेला चलचित्र ए मेरो हजुर ३ निकै चर्चामा रहेको छ । चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ३ को केहीदिन अघिमात्र अफिसियल ट्रेलर सार्वजनिक गरिएको थियो । चलचित्र ए मेरो हजुर ३ को ट्रेलरले युट्युबमा नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

हुन त आजभोली अनमोल केसी युट्युबका किङ्ग बनिसकेका छन् । उनका चलचित्रका गीतले होस् वा ट्रेलरले नयाँ रेकर्ड बनाइरहेका छन् । यो भन्दा अघि पनि सर्वाधिक हेरिएको ट्रेलर अनमोलको क्याप्टेन को थियो । त्यस्तै आफ्नै चलचित्रको रेकर्ड तोड्दै अनमोलले नयाँ रेकर्ड बनाएका छन् ।

चलचित्र ए मेरो हजुर ३ को ट्रेलरलाई युट्युबमा सार्वजनिक गरिएको २४ घण्टामा ८ लाख ११ हजारले हेरेका छन् । त्यस्तै उक्त ट्रेलरलाई ४९ हजार भन्दा बढीले लाइक गरेका छन् भने कमेन्ट गर्नेको संख्या ८ हजार भन्दा बढी छ । अधिकांश कमेन्ट सकरात्मक रहेका छन् । चलचित्र ए मेरो हजुर ३ मा अनमोल र सुहानाका साथ सलोन बस्नेत, रेअर राई, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्