४ बर्षीया छोरी र पैसा बोकेर निष्ठुरी श्रीमती पोइला गएपछि श्रीमान रुदैँ मिडियामा आए (भिडियो)



१६ चैत्र २०७५, काठमाडौँ

हाम्रो समाजमा यस्ता धेरै पुरुषहरु छन् जो आफ्नै श्रीमतीबाट पिडित भएका छन् । जसको कारणले उनीहरुको घरवार मात्र नभएर पुरा जीन्दगी नै बिग्रिएको छ । अहिले त्यस्तै समस्या बोकेर एक युवक मिडियामा आएका छन् ।

जिरीका जित बहादुर जिरेलकी श्रीमती र ४ बर्षीया छोरी हराएका छन् । उनी अहिले निकै समस्यामा परेका छन् । उनकी श्रीमती र छोरी हराएको आज १९ दिन भैसकेको छ । उनकी श्रीमती कहाँ गएकी हुन् कसैलाई पनि थाहा छैन । उनी हराएको दिनदेखि नै सम्पर्क विहिन छन् ।

जित बहादुरले छिमेकीसँग बुझ्दा उनी अन्य केटासँग निकै घुलमिल गर्ने गरेको बताएका छन् । यस हिसाबले उनी अन्य केटासँग गएको अनुमान लगाइएको छ । अहिले जित बहादुर निकै पिडामा छन् । उनी दिनरात नभनी आफ्नी श्रीमती र छोरीलाई खोजिरहेका छन् । उनले पुलिसलाई पनि भनेका छन् तरपनि उनकी श्रीमती र छोरी भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्