‘राजेश दाईको अझै २–३ बर्ष बच्चा हुँदैन’ : ज्योतिष हरिहर अधिकारी



१६ चैत्र २०७५, काठमाडौँ

हरिहर अधिकारी नेपालका निकै चर्चित ज्योतिष हुन् । उनले मानिसको चिना हेरेर भाग्य बताइदिने गरेका छन् । उनको ज्योतिष शास्त्रमा धेरैको विश्वास पनि रहेको छ । त्यस्तै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल पनि हरिहरसँग निकै नजिक रहेका छन् ।

उनीपनि बेला बेलामा कुनै काम गर्नुपरेमा हरिहरसँग सल्लाह लिइरहेका हुन्छन् । राजेशले आफ्नो विवाहको समयमा पनि हरिहरसँग सल्लाह लिएको बताइएको थियो । त्यस्तै अहिले हरिहरले राजेशको बच्चाको बारेमा पनि बताएका छन् ।

राजेश हमालले विवाह गरेको धेरै समय भैसकेका छ । त्यसैले पनि दर्शकले राजेशको बच्चा कहिले हुने भनेर सोध्ने गर्छन् । हरिहरलाई पनि राजेशको बच्चाको भविष्यबारे बताइदिन भन्दा उनले राजेश दाईका अझै २–३ बर्ष बच्चा नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्