‘म कसैको कटपुतली होइन मलाई नचाउनलाई’ : जसिता गुरुङ



१६ चैत्र २०७५, काठमाडौँ

नायिका जसिता गुरुङको नाम नायक प्रदिप खड्कासँग जोडिने गर्छ । यी दुईको प्रेमको चर्चा नेपाली सिनेवृतमा खुबै चल्ने  गरेको छ । तर प्रदिप र जसिताले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । तरपनि यी दुईको नाम भने जोडिन छोडेको छैन ।

यस्तै जसिताका हरेक कुराको निर्णय प्रदिपले लिने भनेर प्रदिपलाई आरोप आउने गर्छ । धेरैले उनलाई प्रदिपको औँलामा नाच्ने गरेको समेत भन्छन् । आफूलाई यस्तो भन्नेलाई जसिताले कडा जवाफ दिएकी छिन् ।

उनले आफू कसैको कटपुतली नभएको बताइन् । उनले आफूलाई प्रदिपले हरेक काममा सल्लाह दिने गरेको तर प्रदिपले निर्णय कहिले पनि नलिएको बताइन् । त्यसैले उनले प्रदिपलाई आरोप नलगाउनलाई पनि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्