यसरी तयार हुँदैछ ‘नेपाल आइडल’ विजेता रवि ओडको पहिलो म्यूजिक भिडियो (भिडियो)



१६ चैत्र २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ को विजेता बनेपछि अहिले रवि ओड निकै व्यस्त र डिमाण्डेड बन्दै गएका छन् । साथै उनी देश तथा विदेशका सांस्कृतिक कार्यक्रममा पनि निकै व्यस्त हुन थालेका छन् । रवि ओडको पहिलो म्यूजिक भिडियो अब चाडैँ नै सार्वजनिक हुने भएको छ ।

अहिले उक्त गीतको सुटिङ भैरहेको छ । गीतको भिडियोमा हामीले रवि ओडको साथमा चर्चित मोडल तथा नायिका अलिशा राईलाई देख्न सकिन्छ । अलिशाले सुटिङको क्रममा रविको निकै तारिफ गरेकी छिन् । उनले रवि ओडको आवाज जति मिठो छ उसको व्यवहार पनि त्यति नै नम्र भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्