१६ चैत्र २०७५, काठमाडौं
आठौं राष्ट्रिय खेलकूद आगामी बैशाख पहिलो साताबाट हुने भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय खेलकूद परिषद्को(राखेप) बोर्ड बैठकले प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म सञ्चालन गर्ने गरि मिती तय गरेको हो ।
परिषद् अनुसार भौतिक पूर्बाधार निर्माणको काम अन्तिम चरणमा रहेकाले बैशाख ५ बाट प्रतियोगिता आयोजना गर्ने मिती तय भएको हो ।
यसअघि चैत अन्तिममा नै राष्ट्रिय खेलकूद आयोजना गर्ने भनिएपनि भीआईपी प्याराफिट नआइसकेकाले प्रतियोगिताको मितीमा अन्यौल थियो ।
तर, सोमबार नेपालगञ्जमा भीआइपी प्याराफिट आएर जडानको काम सकिएपछि बैशाख पहिलो साताबाट राष्ट्रिय खेलकूद हुने टुंगो लागेको बताईएको छ ।