१६ चैत्र २०७५, काठमाडौं
जारी १२ औं संस्करणको आईपिएलमा मुम्बई इण्डियन्स विरूद्धको खेल हारेपछि रोयल च्यालेन्जर्सका कप्तान विराट कोहलीले म्याच सकिएपछि नो बल नदिएमा म्याच रेफ्रीलाई कोठामा छिरेर अपमानजनक भाषा प्रयोग गर्दै थर्काएको खुलासा भएको छ ।
भारतीय संचारमाध्यम ‘टाइम्स नाओ’का अनुसार अम्पायरको निर्णयबाट रिसाएका कोहलीले म्याच सकिएपछि म्याच रेफ्री मनु नायरको खओठामा छिरेर उनलाई गाली गरेको जनाएको छ ।
योसँगै कोहलीले त्यहाँ अरूमाथि पनि ठूलो स्वरमा कराएको उसले जनाएको छ ।
कोहलीले सो गर्ने क्रममा अम्पायरलाई यस मामिलामा उनलाई आचारसंहिता उल्लंघन गरेकोमा सजाय भएपनि त्यसको मतलब नभएको बताएका थिए ।
कोहलीको टोली मुम्बईसँग ६ रनले पराजित भएको थियो । बैंकलोरमा भएको खेलमा जितका लागि विराटको टोलीलाई अन्तिम बलमा ७ रन आवश्यक थियो । सो बल लुसिथ मालिङ्गाले प्रहार गरेका थिए ।
“हामी आईपिएल खेल्दैछौ, क्रिकेटको क्लब म्याच होइन । अम्पायरले आफ्नो आँखा खुला राखेर काम गर्नुपर्छ । कडा टक्करको म्याचमा यस्ता फैसला भइरहने हो भने के हुन्छ मलाई थाहा छैन । अम्पायर अधिक सजग हुनुपर्थ्यो ।”
म्याचपछि कोहलीले भने,